अपराधमुक्त समाज निर्माणका लागि सबै राजनीतिक दल एकजुट हुुनुपर्छ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर १८, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १८, कपिलवस्तु। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्षकमल दाहालले मुलुकको दीगो शान्ति र समृद्धिका लागि अपराधमुक्त समाज निर्माण गर्नुपर्ने बताएका छन् ।

कपिलवस्तुमा गत मंसिर ७ गते हत्या गरिएका नेकपाका स्थानीय नेता दीपेन्द्रकुमार चौधरीको १२औं दिनको पुन्यतिथिमा मंगलबार आयोजित शोकसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अपराधमुक्त हुनसकेमात्र सभ्य समाज निर्माण हुने बताए ।

मुलुकमा दिनप्रतिदिन बढिरहेका हिंसात्मक गतिविधिप्रति सरकार गम्भीर रहेको बताउँदै उनले अपराधमुक्त समाज निर्माणका लागि सबै राजनीतिक दलहरु एकजुट हुुनुपर्ने धारणा राखे ।

सोही अवसरमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले मृतक चौधरीलाई सहिद घोषणाका लागि मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने र मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत रकम प्रदान गर्ने घोषणा गरिएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस