नेकपाको सचिवालय बैठक बस्दै, तल्तो तहको एकताबारे छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २२, शनिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २२, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ३ बजेपछि बस्ने बैठकमा तल्लो तहको एकता प्रक्रियाका विषयमा छलफल हुने बताइएको छ ।

तल्लो तहका कमिटीको एकतासँगै स्थायी समिति बैठकको एजेन्डाका विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् ।

यस्तै केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्यूरो गठनका विषयमा पनि छलफल हुने छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएपछि झन्डै साढे चार सयको केन्द्रीय समिति बने पनि कार्यविभाजन नहुँदा नेताहरु जिम्मेवारीविहीन हुँदै आएका छन् ।

जिम्मेवारी नपाएको भन्दै केन्द्रीय सदस्यहरुले पटक–पटक नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस