प्रधानमन्त्रीले भने– ईन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ,’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २२, शनिबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर २२,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन ।

नेपाल प्रगतिशील इन्जिनियर एशोसिएसनका पदाधिकारीसँग शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो विचार व्यक्त गरेका हुन ।

प्रधानमन्त्री ओलीले इन्जिनियर पेशालाई मर्यादित बनाएर यसको विश्वसनीयता बढाउनु पर्नेमा जोड दिएका छन। उनले सरकार इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको बताएका छन ।

‘तपाईंहरुको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ,’ प्रधानमन्त्री ओलीले भने ।

राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो सर्त हो,’प्रधानमन्त्री ओलीले भने, ‘यसमा सरकार प्रतिवद्ध छ । सरकारको यस अभियानमा इन्जिनियरहरुको साथ सहयोग जरुरी छ ।’

प्रधानमन्त्रीलाई भेट्न एशोसिएसनका अध्यक्ष शम्भु बहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागहरुसहितको ज्ञापन पत्र बुझाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस