निर्मला पन्तको हत्यारा पक्राउ परेको उपप्रधानमन्त्री पोखरेलको दावी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २२, शनिबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

मंसिर २२,काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ परिसकेको दाबी गरेका छन् । तर, राजनीतिक दलको आवरणमा जोगाउन आउने हो कि भन्ने डर लागेको उनले बताए ।

१० औं मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले भने, ‘म यति भन्न चाहन्छु, अपराधी पत्ता लागिसकेको छ, नियन्त्रणमा आइसकेको छ । हामी चाँडै विधिसम्वत ढंगले सार्वजनिक गर्छौं ।’

तर, सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीतिको ध्येय बोकेकाहरुले छाता ओढाउन आउने हो कि भन्ने डर रहेको उनले बताए । कार्यक्रममा उपस्थित कांग्रेस नेतृ पुष्पा भुसालको नाम लिँदै नेकपाका नेता समेत रहेका मन्त्री पोखरेलले भने, ‘मलाई एउटा डर लागेको छ, सरकारले त्यसलाई सार्वजनिक गर्दा राजनीचिको धेय बोकेकाहरु छाता ओढाउन आउने हुन् कि भन्ने लागेको छ । पुष्पा जी ख्याल गर्नुहोला ।’

प्रतिपक्षी दलका नेता र अखबारका स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै उनले सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने दाबी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस