राष्ट्रपति भण्डारीको लागि डेढ अर्बको हेलिकप्टर !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष १, आईतबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष १, काठमाडौं । सरकारले १ अर्व ५० करोड रुपैयाँभन्दा वढी रकम खर्च गरेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ।

मन्त्रीपरिषद् बैठकबाट स्वीकृत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सिट क्षमताको हेलिकप्टर खरिद गरेको छ।

सेरेमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दै गएको आरोप लागिरहेको बेला सरकारले उनलाई थप विवादमा तान्नेगरी २४ सै घण्टा स्ट्याण्डबाइ रहनेगरी महंगो हेलिकप्टर खरिद गरेको हो।

यो हेलिकप्टर केही समय त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमै रहनेछ। शितलनिवाससँगै जोडिएको प्रहरी प्रतिष्ठान हटाएर त्यहाँ हेलिप्याड निर्माण भएपछि हेलिकप्टर त्यहाँ लैजाने तयारी छ।

ताजा अपडेट

खोजी गर्नुहोस