सासंद राजीव पहारीको सम्पूर्ण तलबभत्ता सामाजिक कार्यमा

Post Thumbnail

पुस २२,काठमाडौँ । पछिल्लो समय सरकारका मन्त्रीहरुले दोहोरो सुविधा लिएको विषयले बजार तताएको छ । त्यस्तै मन्त्री तथा सांसदहरुले आफ्ना आफन्त तथा नातागोतालाई स्वकीय सचिब राखेको, सेवा सुविधामा मरिहत्ते गरेको लगायतका विषय सार्वजनिक भईरहँदा गण्डकी प्रदेशका सांसद राजीब पहारीले भने आफ्नो सम्पूर्ण तलव तथा भत्ता बापतको रकम सामाजिक कार्यक्रमा खर्चिनुभएको छ । पहारीले संसद सचिवालयबाट आफूले प्राप्त गरेको हालसम्मको सम्पूर्ण तलवभत्ता आफ्नो प्रशासनीक खर्च कटाएर सामाजिक कार्यमा खर्च गर्नुभएको छ ।

प्रदेशसभा सदस्यमा तत्कालिन बाम गठवन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित पहारीले निर्वाचित भएर २०७४ माघ ७ गते शपथ लिएसँगै त्यसबेलादेखी मङ्सिर मसान्तसम्म प्रदेशसभा सचिवालयबाट तलवभत्ता बापत प्राप्त रु. चार लाख ५० हजार विभिन्न संघ संस्थालाई सहयोग स्वरुप प्रदान गरेको बताए ।
सांसद पहारीले विद्यालय, क्लव, आमा समूह तथा संघसंस्थालाई प्रदान गरेको शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिए ।

पहारीले शनिबार सिद्ध आधारभूत विद्यालय , ज्ञानोदय आधारभूत विद्यालय , जनसिद्ध आधारभुत, सिद्धबराह मावि ठूलाखेत, हिमालय मावि तोल्का, धर्मस्थली आधारभूत विद्यालय पोखरा–५, सृजना सामुदायीक विद्यालय अन्नपूर्ण–१, धारापानी विद्यालय पाउँदुर र प्रगतिशिल मावि सल्यानलाई पिउने पानीका लागि एक÷एक थान युरोगार्ड सम्वन्धित विद्यालयका व्यवस्थापन समिति तथा प्रध्यानाध्यापकहरुलाई हस्तान्तरण गरे ।
सरकारी विद्यालयमा करोडौँको भवन, पर्याप्त फर्निचर लगायतका पूर्वाधार भएपनि सफा पिउने पानीको अभावमा विद्यार्थीहरु बिरामी पर्ने अवस्थाको अन्त्यका लागि आफूले सो सहयोग गरेको भनाई पहारीको छ ।

यसअघि कास्कीकोट थुन्सेडाँडामा खानेपानी पाईपको लागि रु. ६० हजार, फेवाताल संरक्षणका लागि वडा विकास समिति ६ लाई रु. ८० हजार, बलात्कारपछी हत्या गरिएकी बालिका श्रीया सुनारको परिवारलाई रु. १० हजार, विभिन्न आमा समूहलाई रु. ४० हजार र कास्की खेलाडी संघलाई रु. २३ हजार बराबरको युरोगार्ड सहयोग गरेको पहारीले बताए ।

कार्यक्रममा सांसद पहारीले संघ तथा प्रदेश सरकारबाट आफ्नो पहलमा आफ्नो निर्वाचन क्षेत्रमा करोडौका योजनाहरु परेको बताए। गण्डकी प्रदेश सरकार, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, केन्द्रीय योजना मार्फत खेलकूद, पर्यटन, खानेपानी,पहिरो नियन्त्रण, सडक लगायतका ठूलो रकम विनियोजन भएको भनाई पहारीको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस