पौष २५, कास्की । गण्डकी प्रदेशमा माघेसंक्रान्तिका अवसरमा सार्वजनिक बिदा हुने भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधवार सूचना जारी गरी माघ १ गते माघे संक्रान्ति तथा माघी पर्व परेकोले गण्डकी प्रदेशस्थित सबै शैक्षिक संस्था, सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराएको हो ।
यसअघि प्रदेश सरकारले पुस १५ गते ल्होसार अवसरमा प्रदेशमा सार्वजनिक बिदा गरेको थियो ।