माघ १०,कैलाली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपाले प्रधानन्यायधिसलाई तर्साएर न्यायलयमाथी कब्जा जमाउॅन खोजेको बताएका छन। नियुक्तीका लागी सिफारिस भएकै दिन नेकपाका सांसदहरुले उनीमाथी महाअभियोग पनी लाग्न सक्छ भनेर प्रधानन्यायधिसलाई मनोबैज्ञानिक त्रासमा राख्न खोजेको बताए । प्रधानमन्त्री केपी ओली सत्ता र शक्तीको भोको भएको पनी बताए।
नेपाली कांग्रेस कैलाली क्षेत्र नं.२को सम्मेलनलाई लम्कीमा संबोधन गर्नुहुदै डा. कोइरालाले गएका निर्वाचनहरुमा योगदानको मुल्यांकन आधारमा टिकट बितरण गर्न नसकेकोमा आफुलाई क्षमा गर्न पनी आग्रह गरे । उनले भने–’पार्टी गिरोहबाट संचालन भैरहेको छ। मुल्यांकनको कुनै मापदण्ड छैन। १४ औं महाधिवेशनपछी कुनै कार्यकर्ताले अन्याय भोग्न पर्दैन।’
गिरोहमुक्त बनाएर उत्कृष्ट दल बनाउॅन आफुले कुनै कसर बॉकी नराख्ने प्रतिबद्धता जनाउॅदै डा. कोईरालाले त्यसका लागी आफुलाई सात नम्बर प्रदेशका कार्यकर्ताको साथ र समर्थनको खॉचो रहेको बताए ।
कांग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरेले अहिलेको नेतृत्वबाट पार्टी रुपान्तरणको कूनै सम्भावना नरहेको बताए । अर्का केन्द्रिय सदस्य कल्याण गुरुंङ्ले पार्टी भित्रका अन्याय,अत्याचार र गुटका बिरुद्ध एक हुन कार्यकर्ताहरुलाई आग्रह गरे । कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य दिपक गिरी र प्रदेससभा सदस्य डा रणबहादुर रावलले सरकार नियम कानुन लत्याउॅदै अराजकताको बाटोमा लागेको बताए ।
युवा नेताहरुलाई लिएर २ दिने पूर्वी कैलाली भ्रमणमा निस्केका कोईरालाले जोशीपुर, टिकापूर र पहलमानपूरमा भएको अगूवा कार्यकर्ता भेलालाई संबोधन गरेका थिए। डा. कोइरालाले सबै समुहका नेताहरुसॅग बोलाएर छुट्टाछुट्टै भेटेका थिए।