नेपाल चिकित्सक संघले आजबाट देशभर रिले अनशन सुरु गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । आजदेखि देशैभरका स्वास्थ्य संस्थाका चिकित्सकहरुलाई रिले अनसन सुरु गर्न नेपाल चिकित्सक संघले आह्वान गरेको छ । संघले आइतबार काठमाडौं उपत्यकाका सबै चिकित्सकहरुलाई त्रिवि शिक्षण अस्पतालमा भेला हुन आह्वान गरेको थियो ।

भेलामा उपस्थित चिकित्सकहरुलाई १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरित चिकित्सा शिक्षा संसदबाट पारित गरेको भन्दै सोमबारबाट रिले अनसन सुरु गर्न संघले आह्वान गरेको हो ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. केसीको जिवन रक्षाका लागि सोमबारबाट देशभरका चिकित्सकहरु आ–आफ्नो अस्तपालमा रिले अनसन सुरु गर्ने बताएका छन् ।

डा.केसीको माग पूरा गर्न सरकारले चासो नदेखाएमा थप कडाभन्दा कडा कदम चाल्न संघ बाध्य हुने उनले चेतावनी दिए । डा.केसीसँग वार्ता गर्न सरकारलाई उनले आग्रह गरे ।
काठमाडौं उपत्यकाका चिकित्सक त्रिवि शिक्षण अस्पतालको प्राङगणमा रिले अनसन बस्ने संघले जनाएको छ ।

संघले गत बिहीबार पे्रस विज्ञप्ती जारी गर्दै ७२ घण्टाभित्र सरकारले डा.केसीसँग गरेको सम्झौताअनुसार माग पूरा गरेर जिवन रक्षा गर्न आजसम्मको अल्टिमेटम दिएको थियो तर गत शुक्रबार नै डा.केसीको माग विपरित चिकित्सा शिक्षा विधेयक पारित भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस