राजनीतिक अधिकारका लागि बलिदानी गर्नुपर्ने समय सकियो : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन १३, सोमबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुन १३, काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकारका लागि बलिदानी गर्नुपर्ने समय सकिएको बताएका छन् । सहिद ऋषि देवकोटा ‘आजात’ को ३८ औं स्मृति दिवशमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले अब क्रान्तीकारीहरुले समाज परिवर्तनका लागि ज्यान दिएकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएकोले यसलाई मजवुद बनाउन सबैजना लाग्नु पर्ने बताए ।

‘राजनीतिक अधिकार प्राप्ती मात्र पूर्ण लोकतन्त्र होइन । राजनीतिक अधिकारसागै जनताका आधारभुत आवश्यकता पुरा भएको हुनु पर्दछ । त्यो मात्र पूर्ण लोकतन्त्र हो । सरकार त्यही पूर्ण लोकतन्त्रको अनुभुती जनतालाई गराउन लागि परेको छ ’ प्रधानमन्त्री ओलीले भने । अब उनै सहिदहरुको सपना साकार पार्न सरकारले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्ने बाटोमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आजातको स्मृति प्रकाशन गरिएको ‘सहिद ऋषिराज देवकोटा आजात नेपाली क्रान्तीका अभिमन्यू’ नामक पुस्तकको पनि बिमोचन गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस