सांसद बस्नेतले नामै लिएर भने–’कांग्रेसले यी मन्त्रीलाई भ्रष्ट्रचारको स्वर्ण पदक दिलायो'(भिडियोसहित)

Post Thumbnail

फागुन ,काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नेकपाका नेता तथा सांसद महेश बस्नेतले जनता र युवा विद्यार्थीको दवावमा गणतन्त्र आएको बताएका छन । उनले  संसदमा समय लिएर बोल्दै कांग्रेसबाट मन्त्री भएका चिरञ्जीवी वाग्ले,गोविन्दराज जोशी,जयप्रकाश गुप्ता,खुमबहादुर खड्का लगायतलाई नेपाली कांग्रसले भ्रष्ट्रचारको स्वर्ण पदक दिलाएको जिकिर गरे ।

उनले वाईडवडी प्रकरणलाई कोट्याउदै भने–’सार्वजनिक लेखा समितीले छानविन गर्यो, ३ जना मन्त्रीहरुलाई नैतिक रुपमा जिम्मेवार देखायो,त्यसमा दुईजना कांग्रेसका मन्त्रीहरु पर्नुभयो,जिवनबहादुर शाही त परेको ढुक्कै भयो,जितेन्द्रदेव यादव हो की तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा पर्नु भो,त्यो चाँही अहिलेपनि सार्वजनिक लेखा समितीले छुट्याउन सकेको छैन । म त्यो छुट्याउन आग्रह गर्न चाहन्छु ।’

‘त्यसैगरी राजनारायण पाठक नेपाली कांग्रेसले नै पठाएको आयुक्त हुनुहुन्छ,अख्तियारको आयुक्त । उहाँले जुन ७८ लाखको भ्रष्ट्रचार गर्नुभएको छ,घुस खानुभएको छ, त्यसको मध्येस्थता कसले गर्नुभयो ? कांग्रेसकै माननिय सुर्य बहादुर केसीले गर्नुभयो । त्यतीमात्रै होईन राजनारायण पाठक र कान्तिपुरका प्रधानसम्पादक नारायण वाग्ले जी महेश बस्नेतलाई हराउन कांग्रेसको झण्डा बोकेर भक्तपुरको गाँउ गाँउमा हिड्नुभएको छ । म प्रमाण दिनसक्छु ।’ उनले संसदमा भने।

उनले थपे–कांगसका मित्रहरुले आज भ्रष्ट्रचार विरुद्धको अभियान चलानुभएको,त्यो बेठिक हो भन्ने मलाई लाग्छ । त्यसैगरी सदनमा अफवाह फैलाउने काम भईरहेको उनले बताए । उनले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको प्रमुख सम्बन्धित क्षेत्रको प्रत्यक्ष निर्वाचित सांसद हुनुपर्ने जिकिर गरे । उनले यो कार्यक्रम अन्तर्गत समानुपातिक सांसदको भुमिकाका विषयमा समेत छलफल हुनुपर्ने बताए ।

https://www.facebook.com/MaMaheshBasnet/videos/331846814126707/?t=156

ताजा अपडेट

खोजी गर्नुहोस