नेकपा प्रवेश गर्लान सीके राउत ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन २६, आईतबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुन २६, काठमाडौँ । सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेश गठबन्धनकाmसंयोजक सीके राउत मधेशतर्फ लागेका छन्।
सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिने जेल बसाईबाट रिहा भएका थिए।

सहमतीको भोलीपल्टै उनी आफ्नो मागमा सरकार सहमत भएको भन्दै मधेश हान्निएका हुन्।

अब उनको योजना के छ?सुरक्षा निकायदेखि राजनीतिक कार्यकर्ता र आमजनता सबैको चासो छ। कतिपयले राउत नेकपामै प्रवेश गर्ने चर्चा गरेका छन् भने केहीले मधेश दल बनाउने विश्लेषण गरिरहेका छन्।

उनी मधेश केन्द्रीत दलसँगै मिल्न सक्ने अनुमान पनि धेरैको छ।

‘सहमतीपछि संगठनका मुख्य व्यक्ति र शुभचिन्तकसमक्ष समीक्षा बैठक भयो,’ गठबन्धनक सहसंयोजक कैलाश महतोले भने, ‘सरकारसँग भएको ११ बुँदे सहमतीमै टेकरेर अघि वढ्ने कुरा भएको छ। हामी केही दिनमै औपचारिक बैठक गर्नेछौँ।

ताजा अपडेट

खोजी गर्नुहोस