चैत्र १४,स्याङ्जा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बिधालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधार्न बिद्यार्थी अभिभावक र शिक्षक सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन । बिहिबार स्याङ्जाको आंधिखोला ५ मा रहेको प्रधुम्न पनेरु माध्यामिक बिद्यालयको स्वर्ण महोत्सवको समापन गर्दै मन्त्री गुरुङले सरकारले शिक्षामा ठुलो लगानी गरेकोले त्यसको प्रतिफल सकारात्मक आउने समेत बताए ।
गुरुङले प्रदेश सरकारले शिक्षामा आवश्यक बजेट तय गर्ने बताउदै आगामी दिनमा प्रदेशको शैक्षिक अवस्था मजबुत हुने बताए । नेकपा स्थायी समिती सदस्य समेत रहेका गुरुङले गण्डकी प्रदेशको सम्बृद्धीको लागी खाका तयार पारेको बताउदै सरकारले पुर्वाधार विकासमा समेत विशेष जोड दिएको बताए ।
कार्यक्रममा विशेष अथिती पुर्ब कृषिमन्त्री त्रिलोचन ढकालले विद्यायलको स्वर्ण जयन्ती मनाईरहदा शिक्षाको महत्व अझै बढ्दै गएको बताए । कार्यक्रमको अध्यक्षता आंधिखोला ५ का वडा अध्यक्ष कृष्ण पनेरुले गरेका थिए ।