चैत्र २०,बारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन युवा संघ र विद्याथी संगठन हावाहुरी प्रभावित क्षेत्रमा पुगेको छ । अध्यक्ष रमेश पौडेलको नेतृत्वमा विभिन्न राहातको सामाग्री बोकेर युवासंघ तराई झरेको हो । संघले त्यहाँका जनताको भग्नावशेष घरको व्यवस्थापन गरेर बस्न मिल्ने टहराहरु निर्माण गरिदिने छ ।
आइतबार बेलुका आएको हावाहुरीले प्रदेश नम्बर दुईको बारा र पर्सामा ठुलो जनधनको क्षति गरेको छ । पार्टी अध्यक्ष एवम प्रधानमन्त्री ओलीको सबैलाई उद्धारमा लाग्न अनुरोधसंगै युवासंघ पनि पिडितको घर–घरमा पुगेको हो ।
पार्टी नेतृत्वको निर्देशन र भाइचारा सम्बन्ध निर्वाह गर्न सत्तारुढ दलका भातृ संगठन युवासंघ र अखिल तराई झरेको नेताहरुले प्रतिक्रिया दिएका छन ।
विभिन्न पार्टी नेताहरु र तिनका भातृ संगठनहरुले सहयोग गर्ने जनाएका छन् । यता नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू र अखिल क्रान्तिकारीको टोली पनि हुरीप्रभावित जिल्लामा पुगेर पिडितको घाउमा मल्हमपट्टी लगाउने काम गरिरहेको छ । अखिल उपाध्यक्ष आचार्यले आफुहरु पिडितलाई आवश्यक राहात वितरणमा खटिरहेको बताए । उनले संगठनले सहयोग कलस्टर नै बनाएर उद्धारमा खटिरहेको बताएका छन। मंगलबार युवा संघ अध्यक्ष रमेश पौडेल, महासचिव किरण पौडेल अहिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ,अखिलका उपाध्यक्ष रश्मी आचार्य, सचिव आरती लामा लगायतको टोली राहत सहित उक्त क्षेत्रमा पुगेका हुन् ।