चैत २२, काठमाडौँ । गत आइतबार बारा र पर्सा जिल्लामा गएको हावाहुरीबाट पीडितलाई प्रदेश नम्बर एक सरकारले पनि १ करोड रूपैयाँ सहयोग उपलब्ध गराउने भएको छ। बिहीबार साँझ बसेको प्रदेश सरकारको बैठकले एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
बैठकपछि प्रदेशसचिव केदार न्यौपानेले उपलब्ध गराईने रकम प्रदेश नम्बर २ सरकारको राहत तथा उद्दार कोषमा जम्मा गरिने जानकारी दिए। त्यसैगरि बैठकले प्रदेश प्रहरीको गठन, सेवा शर्त सञ्चालन गर्न बनेको विधेयक २०७५ लाई सैद्धान्तिक स्वीकृत गरेको छ।