लोकसभा निर्वाचन: बिहीबार पहिलो चरणको मतदान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २७, बुधबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत २७, काठमाडौँ । भारतमा बिहीबार देखि १७ औं लोकसभा निर्वाचन सुरु हुँदैछ । यसपटक विभिन्न ७ चरणमा हुने लोकसभा निर्वाचन १९ मेमा सम्पन्न हुनेछ भने २३ मेमा मतगणना हुने निर्वाचन तालिका छ । पहिलो चरणको निर्वाचनबाट लोकसभाका ५४३ मध्ये ९१ स्थानका लागि मतदान हुन लागेको हो ।

बिहीबार अन्डमान एन्ड निकोबार द्वीपको १, आन्ध्र प्रदेशका २५, अरुणान्चलका २, आसामका ५, बिहारका ४, छत्तीसगढको १, जम्मू कश्मिरका २, लक्ष्यद्वीपको १, महाराष्ट्रका ७, मणिपुरको १, मेघालयका २, मिजोरमको १, नागल्यान्डको १, उडिसाका ४, सिक्किमको १, तेलंगनाका १७, त्रिपुराको १, उत्तर प्रदेशका ८, उत्तराखण्डका ५ र पश्चिम बंगालका दुई लोकसभा सिटका लागि निर्वाचन हुन लागेको हो ।

लोकसभा निर्वाचन अन्तर्गत अप्रिल १८ मा दोस्रो, २३ मा तेस्रो, २९ मा चौथो, मे ६ मा पाँचौं, १२ मा छैठौं र मे १९ मा सातौं गरी ७ चरणमा लोकसभा निर्वाचन हुनेछ । निर्वाचन सुरु हुनै लाग्दा निर्वाचनको सम्भावित परिणामका विषयमा समेत अनेक अड्कलबाजी र चर्चा सुरु भएको छ । एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस