राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना: करोडौँ मूल्यका सरकारी जमिन व्यक्तिको नाममा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र २९, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत २९, नेपालगन्ज ।  भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौँ मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक भएको छ ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको नेपालगन्जस्थित कारकाँदोमा रहेको पाँच कठ्ठा १३ धुर जग्गा भूमाफिय र मालपोत कर्मचारी मिलेर व्यक्तिको नाममा गराएका हुन् ।

कर्मचारीसँग मिलेर किर्ते कागज बनाई भूमाफिया खैरुल हसन अन्सारीले नौ महिनाअघि आफ्नी आमा हसरतुन निशा अन्सारीको नाममा गराएको तथ्य खुलेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस