चिकित्सकलाई सरकारको चेतावनीः सेवामा नफर्किएसम्म वार्ता हुँदैन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र ३०, शनिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत ३०, काठमाडौँ । सरकारले आठ दिनदेखि आन्दोलनरत चिकित्सक सेवामा नफर्किएसम्म उनीहरूको मागमा सकारात्मक हुन नसक्ने जनाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका चिकित्सकलाई आन्दोलन छाडेर काममा फर्किन र छलफलमा आउन आग्रह गरेको छ।

मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले चिकित्सकको मागप्रति सरकार गम्भीर रहेको तर सेवा सञ्चालन नहुँदसम्म छलफल गर्न नसकिने बताए।

‘चिकित्सक काममा नफर्केसम्म सरकार उनीहरुको मागप्रति सकारात्मक हुँदैन आन्दोलन छाडेर काममा फर्कपछि छलफल गरी समस्यको समाधान गर्न हामी तयार छौँ,’ अधिकारी भने।

ताजा अपडेट

खोजी गर्नुहोस