बैशाख १२, काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएसन, ३ नं. प्रदेश कार्यकारिणी समितिले सम्पर्क कार्यालय स्थापना गरेको छ । ललितपुरको कुपण्डोलमा स्थापना गरिएको सम्पर्क कार्यालयको नेपाल ईन्जिनियर्स एशोसिएसन केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष एवं कार्यालय उदघाटन समारोहका प्रमुख अतिथि प्रा।डा। त्रिरत्न बज्रचार्यले उदघाटन गरे।
समितिले हेटौंडाको शितलमहल चोकमा यस अघि नै कार्यालय स्थापना गरिसकेको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष बज्रचार्यले नेपाल इन्जिनियर्स एशोसिएसनले नेपाल पुनःनिर्माण प्राधिकरण मातहतमा कार्यरत इन्जिनियरहरुको समस्या समाधानका लागि समन्वयकारी भूमिका खेलेको बताए। उनले केन्द्रिय समिति र प्रदेश समिति मिलेर सम्पूर्ण इन्जिनियरहरुको हकहीत र देश विकासका लागि काम गर्ने भएकाले सबै इञ्जिनियरहरुको साथ पाउने विश्वास व्यक्त गरे ।
कार्यालय उदघाटन समारोहमा ३ नं प्रदेश कार्यकारिणी समितिका सहसचिव इञ्जिनियर शरद पण्डितले ४ महिनामा १५ वटा काम गरेको प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले इञ्जिनियर्स एशोसिएसनमा आफूहरु निर्वाचित भएपछि आगलागीमा परेका इञ्जिनियरको उपचारका लागि ५० हजार सहयोग गरेको, प्रस्तावित संघीय निजामति सेवा विधेयकका सम्बन्धमा प्राविधिकहरुको व्यवस्थापन बिषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको, रिकु जलविद्युत आयोजनामा काम गर्ने कर्मचारीहरु प्रति गरिएको दुव्र्यवहारको बिषयमा आवाज उठाएको, इञ्जिनियरमाथि हातपात गर्नेलाई कानुनी कार्वाहीका लागि मुद्दा चलाउन दबाब दिएको, इञ्जिनियर समुन्द्र खड्कालाई ५० हजार रुपैयाँ सहयोग गरेको र ३ नं प्रदेशको कार्यालय तथा सम्पर्क कार्यालय स्थापना गरिएको, विभिन्न विभागहरु गठन गरिएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएको लगायत विवरण प्रस्तुत गरे।
सबै इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनियर्स एशोसिएसनको ३२ औं कार्यकारिणी समितिले गत पुस २१ गतेदेखि जिम्मेवारी सम्हाल्न थालेको हो ।
विजनेस कमिटीमा सबै पक्षलाई सहभागी गराउँछौं –सभापति बञ्जाडे
नेपाल इन्जिनियर्स एशोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिले १० वटा विजनेस कमिटी गठन गर्ने भएको छ । तर ती सबै समितिमा सबै पक्षलाई समेटेर लैजाने समितिका सभापति नन्दलाल बञ्जाडेको सोच छ । ‘३ नं। प्रदेश कार्यकारिणी समितिको सम्पर्क कार्यालय उदघाटन कार्यक्रममा बोल्दै उनले भने‘हामी सबै जिल्लामा कार्यक्रम गर्न चाहन्छौं । हामीले दश वटा बिजनेस कमिटीहरु बनाउने निर्णय गरिसकेका छौं । चुनावको बेला हामी पक्ष विपक्षमा बाँडिए पनि यो कमिटीमा सबै पक्षलाई मिलाएर जाने पक्षमा छौं ।’
उनले प्रदेशका सात वटै कमिटी र केन्द्रसँग समन्वय गर्न निर्माण भईरहेको कार्यविधिलाई प्रदेशका सबै पदाधिकारी र निबर्तमान अध्यक्षहरु सहितको बृहत बैठक बसेर अन्तिम रुप दिनुपर्ने बताए।
एशोसिएसनले नेपालको परिप्रेक्ष्य अनुरुपको इञ्जिनियरिङ गान तयार पर्ने र यसका लागि इच्छुक श्रष्टाहरुलाई गीत रचना गर्न पनि आग्रह गरे। यसअघि नै इन्जियिरिङ गान बने पनि साधारण सभाले अनुमोदन नगरेकाले अब श्रष्टाहरुलाई रचना गर्न लगाई विज्ञहरुको टोलीबाट छनौट गरी साधारण सभाले अनुमोदन गरेर गानलाई अन्तिम रुप दिने बताए।
३ नं। प्रदेश कार्यकारिणी समितिका आगामी कार्यक्रमहरु
– आफू कार्यरत संस्था वा आफूले भोग्नु परेको कुनै किसिमको गुनासो, इन्जिनियर्स एशोसिएसन समक्ष राख्न सकिने । उक्त गुनासो बैठकमा पेश गरिने ।
– स्थानीय केन्द्रहरुमा सीप अभिबृद्धिका तालिमहरु सञ्चालन गर्ने ।
– कार्ययोजना तयार पार्ने ।
– इञ्जिनियरिङ गान तयार पार्ने ।
– स्थानीय केन्द्र गठन गर्ने सम्बन्धी गृहकार्य गर्ने ।
– केन्द्रसँगको समन्वयमा अन्य राष्ट्रिय महत्वका बिषयहरुमा आवश्यक पहलकदमी लिने ।