‘प्रेसको सवालमा ओली सरकार राजा महेन्द्र भन्दा निरंकुश’ : डा. शेखर कोइराला

Post Thumbnail

बैशाख २०,काभ्रे । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले साईबर क्राईम सम्बन्धी कानुनको दुरुपयोग गरेर सरकारले पत्रकारहरुलाई तर्साउॅन खोजेको बताएका छन । कोइरालाले संचार सम्बन्धी कानुन निर्माणमा सरोकारवालासॅग छलफल नै नगरेर प्रेस जगतलाई अपमान गरेको बताए ।

नेपाल प्रेस युनियन काभ्रेको छैठौं अधिवेशनको बनेपामा उदघाटन गर्दै डा. कोइरालाले भने–अदालतले रिहाई गर्छ,अदालत परिसरमै उक्त पत्रकारलाई पक्राउ गरिन्छ। यो भन्दा निरंकुशता के हुन्छ ?

प्रेस र संचारका सम्बन्धमा अहिलेको सरकार राजा महेन्द्र भन्दा निरंकुश देखिएको बताउदै प्रेसले स्वतन्त्र रुपले काम गर्न नपाए समग्र राजनितीक प्रक्रिया नै कमजोर हुने धारणा राखे।

बिश्वका अधिनायकबादीहरुले आफ्नो आलोचना गर्ने संचार माध्यमलाई ूफेक मिडीयाू को आरोप लगाउॅदै आएको उदाहरण प्रस्तुत गर्दै डा. कोइरालाले अहिलेको सरकार पनी त्यही बाटोमा लागेको बताए ।

पछिल्ला दिनमा राजनितीक दलहरु र मिडियाहरुले बिश्वसनियता गुमाएको बताउदै कोईरालाले संचारकर्मीहरुलाई जिम्मेवार बन्न आग्रह गरे।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य शिब हुमागॉई, काभ्रे कांग्रेसका सभापती मधु आचार्य, पुर्वराज्यमन्त्री कञ्चनचन्द्र बादे,पुर्व सांसद डा. शोभाकर पराजुली लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस