बैशाख २८,हुम्ला । राष्ट्रिय जागरण अभियानमा लागेको नेपाली काँग्रेस हुम्लालाई गुटगत राजनीति त्यागेर अगाडी बढ्न शुभेच्छुक संस्थाहरुले सुझाव दिएका छन् । हिमाल पहाड तराई मधेश नेपाली काँग्रेस अभियान अन्र्तगत जिल्लामा संचालन भएको अभियान अन्र्तगत भएको छलफल कार्यक्रममा काँग्रेसलाई यस्तो सुझाव दिइएको हो ।
गुट उपगुटको राजनीतिले नेपाली काँग्रेसलाई मात्र नभर्ई सिंगो मुलुकलाई समेत असर पारेकोले अब यो जागरण अभियानबाटै हुम्ला काँग्रेसले यो प्रवृति त्यागेर एकताको भाव सहितको सन्देश देशभरका काँग्रेसलाई नेपाली काँग्रेस हुम्लाले दिने बताए।
काँग्रेसलाई शुभेच्छुकले दिएका अन्य सुझावहरुमा पार्टीमा विभाग गठन गर्नु पर्ने, भातृ तथा शुभेच्छुक संस्था हेर्ने फोकल पर्सन तोक्नु पर्ने, जागरण अभियानलाई सबै गाउँपालिका, वडा, टोल र बस्ती स्तरमा लिनु पर्ने, काँग्रेसले गरेका जनपक्षीय काम र विकासका गतिविधिहरुलाई जनतासम्म पुर्याउनु पर्ने, असल र सबल प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने, गुण र दोषका आधारमा सरकारको आलोचना गर्नु पर्ने, छाया सरकार गठन गर्नु पर्ने, शुभेच्छुक संस्थासंग सुमधुर सम्बन्ध राख्नु पर्ने र एक नेता एक कार्यकर्ता अभियान संचालन गरेर आगामी चुनावमा पाँच हजार मत काँग्रेसको पक्षमा समेट्न पर्ने जस्ता रहेको नेपाल शिक्षक संघका पुर्व अध्यक्ष गंगा प्रसाद भट्टले बताए।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्ष दलका नेता जीवन बहादुर शाही, जागरण अभियानका केन्द्रीय प्रतिनिधि हस्त बहादुर मल्ल, काँग्रेस सभापति जयपति रोकायाको उपस्थिती रहेको कार्यक्रममा शिक्षक संघका अध्यक्ष कैलाश रोकायाको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।