मुख्यमन्त्री पोखरेलको दावी: यहि कार्यकालमा दुई अंकको आर्थिक वृद्धिदर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ३०, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख ३०, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आउँदो तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दुई अंकमा पुर्‍याउने दाबी गरेका छन् । उनले तीन वर्षपछि प्रदेश ५ को आर्थिक बृद्धिदर सात वटै प्रदेश मध्ये सबैभन्दा अगाडि हुने दाबी गरे ।

तीन तहका सरकारको कामका कारण आर्थिक वृद्धिदर बढ्दै गएको भन्दै उनले आगामी वर्ष राम्रो परिणाम ल्याउने गरी काम अघि बढाइने बताए ।

प्रदेश समन्वय परिषदको दोस्रो वैठकको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले चालु आर्थिक वर्षमा पनि प्रदेश ५ ले आर्थिक वृद्धिदर ७.३७ प्रतिशत पुर्‍याएर अन्य प्रदेशलाई उछिनेको बताए ।

प्रदेश ५ को गत वर्षको आर्थिक वृद्धिदर झण्डै ६ प्रतिशत थियो । ‘कर्मचारी समायोजन,कानून निर्माण,आवधिक योजना निर्माण भइसकेको छ, तसर्थ हाम्रो यही कार्यकालमा दुई अंकको आर्थिक बृद्धि दर हासिल गर्न सम्भव छ भनेर हामीले देखाउनेछौं’– मुख्य मन्त्री पोखरलले भने । बजेट खर्चमा पनि प्रदेश ५ अन्य प्रदेश भन्दा अगाडि रहेको मुख्यमन्त्रीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस