चिन्ता पदको होईन इमानको हो : राजेन्द्र राई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ५, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ ५, काठमाडौँ । बलिदान, क्रान्ति, दुई तिहाईको सरकार, जनताको आशा, सपनाको खेती, नेकपा, नेकपा सरकारले समानता, विकास,समृद्धिको महान दायित्व पूरा गर्न समय, बुद्दी खर्च गर्ने की जाबो एक थान पोलिट ब्युरो सदस्य बनाउनेमा झगडा गर्ने ?

इतिहास, योग्यता, क्राइटेरिया(मापदण्ड) पुगेर पनि हामीलाई बनाउन मन नलागे अध्यक्ष, महासचिवले तपाईलाई बनाउन सकिएन भन्दिए भई गयो नी, हामी कहिले पो पद र पैसाको पछि लागेका छौं, झगडा गरेका छौं र ? हामी त पद भए नी नभए नी सजिलो अफ्ठेरो जहिले नी सतत लागी रहेकै छौं, सकेसम्म लागिरहनेछौं ।

हामीलाई चिन्ता छैन पद, पैसाको, हामीलाई चिन्ता छ त इमानको, निष्ठाको, देश जनताप्रतिको जिम्मेवारीको । काम गरौं । पोलिटब्युरो सदस्य जसलाई दिए नी हुन्छ । फेसबुकमा यो पोस्ट नी गाउँबाट, कार्यक्षेत्रबाट गर्दैछु, जहाँ हिलो धुलोसँग लड्दै जनतासँग भेटघाट गर्नुपर्छ, गरिँदैछ, प्रदेश सरकारको बजेट, योजना कार्यान्वयन कस्तो भयो अनुगमन गर्दै घुमिँदैछ ।(राजेन्द्र राईको फेसबुक वालबाट)

ताजा अपडेट

खोजी गर्नुहोस