काठमाडौँ महानगरमा कर्मचारी भारः आफन्तलाई जागिर, निस्फिक्री सुविधा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ जेष्ठ १९, आईतबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ १९, काठमाडौँ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ सँगै काठमाडौँ महानगरपालिकाको कर्मचारी पदपूर्ति समिति खारेज भएको छ । महानगरका मेयर र उपमेयरले भने करारमा कर्मचारी नियुक्त गरिरहेका छन् ।

पछिल्लोपटक फागुन १४ मा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले करारमा सात कर्मचारी नियुक्त गर्यो । त्यसको भोलिपल्टदेखि लागू हुने गरी उनीहरुलाई असार मसान्तसम्मका लागि नियुक्ति दिइयो । यो नियुक्तिको तारतम्य हनुमानढोका मूल समितिले मिलाएको थियो ।

महानगरमा प्रक्रिया मिचेर कर्मचारी नियुक्त गरिएको यो पहिलो घटना भने होइन । यसअघि पनि महानगरले करारमा कर्मचारी, स्वयंसेवक र प्रशिक्षार्थीका नाममा ३९ जनालाई नियुक्ति दिइसकेको छ ।

कर्मचारीको सेवा सुविधामा पनि महानगर उदार देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस