इटहरीका मेयर चौधरीले फिर्ता लिए प्रेसलाई चोट पुग्ने अभिब्यक्ति (बिज्ञप्तीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २६, आईतबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ २६, काठमाडौँ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले नेपाली प्रेसप्रति आफ्नो उच्च सम्मान रहेको भन्दै प्रेस जगतलाई चोट पुग्ने अभिब्यक्ति फिर्ता लिएको घोषणा गरेका छन् । मेयर चौधरीले आइतबार प्रेस बिज्ञप्ती जारी गरी फेसबुकमा ब्यक्त प्रतिक्रियाको बिषयमा एक जना पत्रकारसँग आवेगजन्य अभिब्यक्ति दिन पुगेको भन्दै प्रेस जगतलाई चोट पुगेको अभिब्यक्ति फिर्ता लिएको घोषणा गरेका हुन् ।

‘फेसवुक कम्मेन्टको विषयलाई लिएर मलाई आक्रोशपूर्ण फोन गरेपछि भएका संवादका क्रमहरुमा आवेगजन्य परिस्थितिका कारण मैले ब्यक्त भनाइहरुवाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख ब्यक्त गर्दै प्रेस जगतलाई आघात पर्न गएको हदसम्म ब्यक्त विचार फिर्ता लिन चाहन्छु । मेरो सञ्चारजगत प्रति चोट पूर्याउने कुनै मनसाय छैन र आगामी दिनमा पनि रहने छैन । इटहरी उपमहानगरपालिका प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध छ,’ चौधरीको बिज्ञप्तीमा भनिएको छ ।

यस्तो छ मेयर चौधरीको विज्ञप्ती

म लामो राजनीतिक यात्रा पार गरेर आएको ब्यक्ति हुँ । २४ बर्षको उमेरमै तत्कालिन हाँसपोसा गाविसको अध्यक्ष भएर दुई कार्यकाल परीक्षण भइसकेको जनप्रतिनिधि पनि हुँ । अहिले इटहरी उपमहानगरको नेतृत्व गर्ने जनअभिमत प्राप्त ब्यक्ति हुँ । म उद्धण्ड हुँदै होइन, म अनुशासित ब्यक्ति हुँ। तर इटहरीका एक जना पत्रकारले फेसवुक कम्मेन्टको विषयलाई लिएर मलाई आक्रोशपूर्ण फोन गरेपछि भएका संवादका क्रमहरुमा आवेगजन्य परिस्थितिका कारण मैले ब्यक्त भनाइहरुवाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख ब्यक्त गर्दै प्रेस जगतलाई आघात पर्न गएको हदसम्म ब्यक्त विचार फिर्ता लिन चाहन्छु ।

मेरो सञ्चारजगत प्रति चोट पूर्याउने कुनै मनसाय छैन र आगामी दिनमा पनि रहने छैन । इटहरी उपमहानगरपालिका प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध छ । यो संवैधानिक हकप्रति सधैै प्रतिवद्ध रहने छ । हामी दुवै पक्ष परिस्किृत र परिमार्जित वन्दै इटहरीको सम्वृद्धि र विकासमा अघि वढनु पर्छ भन्ने मेरो मान्यता हो । प्रेस जगतको भूमिकाविना नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तनहरु संभव हुने थिएनन । यति गौरवशाली महत्व रहेको प्रेस जगतले पनि आन्तरिक शुद्धिकरण र सुदृढिकरण गर्न सके सञ्चार जगतको मर्यादामा अझै निखार आउने कुरामा दुईमत नहोला । हामी भ्रष्टाचारविरुद्धको शुन्य सहनशिलताको अभियानमा छौं । यो अभियानमा सञ्चार जगतको रचनात्मक भूमिका अपरिहार्य छ । यो अभियानमा समस्त सञ्चारकर्मी मित्रहरुलाई सहयोगका लागि हार्दिक आग्रह गर्दछु ।

पूनः दोहोर्याउन चाहन्छु इटहरीको विकासका लागि उपमहानगरले कुनै कसर वाँकी राख्ने छैन । परिर्वतन र सम्वृद्धिको यो यात्रामा सवै पक्षलाई सामेल भइदिन हुन अनुरोध गर्दछु ।

ताजा अपडेट

खोजी गर्नुहोस