काठमाडौं महानगरको नीति तथा कार्यक्रम : आगामी वर्ष सम्पदा संरक्षण तथा पूर्वाधार विकास वर्ष !

Post Thumbnail

असार ५,काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।बिहीबार राष्ट्रिय सभागृहमो नगरसभा बैठकमा मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरे । ।मेयर शाक्यले आगामी आर्थिक वर्ष महानगरले सम्पदा संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास वर्ष हुने बताए ।

महानगरले ल्याएको नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकालाई प्लाष्टिक र धुलोमुक्त बनाउने उल्लेख गरिएको छ ।

महानगरले आफ्नो क्षेत्रमा भित्रने सवारी साधनहरुलाई नाकामा धोएर मात्रै प्रवेश दिने उल्लेख गरेको छ । काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने धुलो प्रदुषणलाई नियन्त्रण गर्नका लागि काठमाडौं उपत्यकाभित्र छिर्ने नाकाहरुमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आधुनिक भेहिकल क्लिनिङ सेन्टर निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

साझा यातायात सहकारी संस्थासँगको सहकार्यलाई निरन्तरता दिने साथै सार्वजनिक यातायातका ठुला तथा विद्युतीय सवारी साधनहरुलाई प्रोत्साहित गर्ने महानगरको योजना छ ।

प्रदुषण एवं धुँवा धुलोलाई न्यूनीकरण गरी नो मास्क सीटीका रुपमा विकास गर्नका लागि बु्रमरको प्रयोगलाई प्रभावकारी बनाउने र आवश्यकताअनुसार थप गर्ने पनि नीति महानगरले लिएको छ ।

आगामी आर्थिक वर्षमै प्लाष्टिक झोलामुक्त शहर घोषणा गरिनेसमेत महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पुरस्कार तथा सम्मान कार्यक्रमहरु सञ्चालन गर्ने

महानगरले नीति तथा कार्यक्रममा विभिन्न किसिमका पुरस्कार तथा सम्मान कार्यक्रमहरु सञ्चालन गर्ने बताएको छ ।

आगामी आर्थिक वर्ष महानगरले नेपाल भाष र नेपाली भाषा प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान गर्ने श्रष्टाहरुका लागि हरेक वर्ष महानगर सािहत्य पुरस्कार प्रदान गर्ने समेत नीति बनाएको छ ।

महानगरले नेपाल कम्युनिस्ट पार्टी तथा नेपाली कांग्रेसका दिगंवत नेताको नाममा दुई पुरस्कार स्थापना गर्ने भएको छ ।

महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको सामाजिक विकास र सुरक्षा तथा संरक्षण नीतिमा दुई नेताको नाममा पुस्कार वितरण गरिने उल्लेख गरेको हो ।

पूर्वप्रधानमन्त्री तथा तत्कालिन नेकपा एमालेका अध्यक्ष स्वर्गीय मनमोहन अधिकारीको स्मृतिमा ‘मनमोहन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ आयोजना गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

महानगरले नेपाली कांग्रेसका नेता स्वर्गीय गणेशमान सिंहको नाममा समेत पुरस्कार वितरण गर्नेछ । मेयर शाक्यले कांग्रेसका नेता स्वर्गीय सिंहले प्रजातन्त्र प्राप्तिको निमित्त गरेको योगदानलाई चिरस्थायी बनाउने भन्दै प्रत्येक वर्ष प्रजातन्त्र आन्दोलनमा समर्पित व्यक्तित्वहरुलाई ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान’ बाट विभुषित गरिने जानकारी दिए ।

सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि र प्रोत्साहनका लागि आधारभूत तह र माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ३र३ विद्यालयलाई प्रत्येक वर्ष महानगरको शिक्षा ऐन अनुसारको महानगर उत्कृष्ट शिक्षा पुरस्कारलाई निरन्तरता दिइने समेत उल्लेख गरिएको छ ।

यसैगरी युवाहरुलाई उत्प्रेरित गरी सामाजिक तथा उद्यमशीलताको क्षेत्रमा आकर्षण गर्न हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा १० जना युवाहरुलाई महानगर आदर्श युवा पुरस्कार दिई सम्मान गर्ने समेत महानगरले बताएको छ ।

चालु आर्थिक वर्षमा महानगरले शहरी सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारमध्येबाट विभिन्न विधामा १० पत्रकारलाई महानगर सुशासन पुरस्कारको नामबाट पुरस्कृत गरेको थियो । यस कार्यक्रमलाई आगामी वर्ष पनि महानगरले निरनतरता दिने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस