असार ९,ओखलढुंगा । मोलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक सुभारम्भ भएको छ।कार्यक्रम प्रतिनिधीसभा सदस्य माननिय यज्ञराज सुनुवारको प्रमुख आतिथ्यता , मोलुङ गाउँपालिका अध्यक्ष मणिराज राइ ,उपाध्यक्ष हेम कुमारी तामाङ , अन्य जनप्रतिनिधि , सुरक्षाकर्मी लगायत सयौ बेरोजगार युबा हरुको उपस्थितिमा मोलुङ गाउँपालिका वडा नम्बर ६को निर्माणाधिन खेल मैदानमा सम्पन्न भएको छ ।
गाउँपालिका मा सुचिकृत जम्मा २४४१ बेरोजगार मध्ये गाउँपालिका भित्रका २०० जनालाइ १५ दिनको ज्यालामा रोजगारी दिने गाउँपालिकाले लक्ष्य लिएको सो कार्यक्रम बिहानै ८ बजे मोलुङ गाउँपालिका वडा नम्बर ६ को खेलकुद मैदान बनाउन स्थानिय भेला हुदै थिए ।
त्यति बेला संघीय प्रतिनिधी सभा सदस्य माननिय यज्ञराज सुनुवार हेलमेट र ज्याकेट लगाएर आइ पुगे ।त्यति बेला सांसद टुप्लुक्क आइपुग्दा सुरुमा स्थानिय छक्क परेका थिए भने मोलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक सुभारम्भ कार्यक्रम माननिय संगै थिए मोलुङ गाउँपालिका अध्यक्ष मणिराज राइ अनि उपाध्यक्ष हेम कुमारी तामाङ पनि त्यो पनि उस्तै ड्रेअ उस्तै हेलमेट उपस्थित रहेका थिए।कालिका माध्यमिक बिध्यालय अगाडी रहेको निर्माणाधिन खेल मैदान पुगे पश्चात औपचारिक कार्यक्रम शुरु भएको थियो ।
कार्यक्रम मा बोल्दै गाउँपालिका अध्यक्ष मणिराज राइले बजेट थोरै भए पनि आफ्नो गाउँ भएकाले इमान्दारी पुर्वक प्रधानमन्त्री रोजगार कार्यक्रम लाइ सफल पार्नु पर्ने बताएका थिए भने प्रमुख अतिथी सुनुवारले श्रमको सम्मानले राष्ट्रको गौरव माथि उठाउने र अरबको खाडीमा तातो हावामा होइन आफ्नो माटो चिनौ बनाऔ आफ्नै देश आफ्नो श्रम आफ्नै माटो मा खर्च गरौ भन्ने भावना राख्नु पर्ने बताएका थिए ।
उनले बिद्युतीकरण , यातायात पुर्वाधारको ब्यापक बिकास भइ रहेको बताउदै अब श्रीचौर खिजी फलाटे लाइ छिट्टै सडक संजाल जोडिने बताए ।
कार्यक्रममा बोल्दै रोजगार संयोजकको समेत जिम्मेवारी सम्हालेका गोपाल नेपालले मोलुङ गाउँपालिकामा सुचिकृत जम्मा २४४१ बेरोजगार मध्ये गाउँपालिका भित्रका २०० जनालाइ १५ दिनको ज्यालामा रोजगारी दिने गाउँपालिकाले लक्ष्य लिएको जानकारी दिएका थिए ।
कार्यक्रममा माननिय यज्ञराज सुनुवार अध्यक्ष मणिराज राइ, उपाध्यक्ष हेम कुमारी तामाङले संयुक्त रुपमा निर्माण औजा बेल्चा चर खन्ती वडा नम्बर ६ का अध्यक्ष राम काजी तामाङ लाइ हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो।
उद्घाटन लगतै आफैले वडा अध्यक्ष रामकाजी तामाङलाइ हस्तान्तरण गरेको खन्ती लिएर खेल मैदानमा रहेको ठुलो ढुङ्गा पन्छाउन माननिय यज्ञराज सुनुवार लागेका थिए भने उनलाई अन्य अतिथि तथा सहभागीले साथ दिएका थिए ।
यहि अभियानमा उपस्थित वडा सदस्य समेत रहनु भएको युवा कमल तामाङले अब छिट्टै त्यो खेल मैदान मा भलिबल फुटवल खेल्न सकिने विस्वास व्यक्त गर्दै सांसदको सक्रियताको प्रसंसा गरेका थिए ।