असार १५,धादिङ ।नेपाली कांग्रेस धादिंङका पुर्व सभापती रामनाथ अधिकारी र नेबिसंघका नेता दिनेशचन्द्र थपलिया धादिंङ जिल्लाकै कम्युनिष्टको गढको रुपमा चिनिएको गजुरी गाउँपालिका–५ को पिंडामा डाक्टरको टोली र औषधी बोकेर पुगेका छन।
उक्त बस्ती प्रदेश नं–३का गृहमन्त्री शालिकराम जमरकटेलको जन्मथलो हो। तर पनी यस ठाउॅ बिकासले अत्यन्त पिछडिएको छ। यस ठाउॅलाई कम्युनिष्टहरूले आफ्नो किल्लाको रूपमा लिने गरेका छन्। थपलियाले कम्युनिष्टहरु कतिसम्म बिकास बिरोधी हुन्छन् भन्ने नमुना हेर्न पिंडा आउनुपर्ने बताए ।
पिंडा–गजुरी मावीले बिध्यालय प्राङ्गणमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरलाई सम्बोधन गर्ने क्रममा पुर्व सांसद समेत रहेका अधिकारीले स्वास्थ्य उपचारबाट कोही पनी बन्चित नहोस भन्ने कुरामा कांग्रेस सचेत रहेको बताए । उक्त दुर्गम बस्तीमा शिविर लैजाने थपलिया कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाका स्वकिय सचिव समेत हुन। स्टेचरमा समेत बिरामी बोकेर ल्याएको देखेपछी थपलिया लगायत आयोजकहरु भावबिह्ल बनेका थिए।
स्वास्थ्य सचेतना अभियानको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो। उक्त संस्था त्रिवि चिकित्सा अध्ययन संस्थान महाराजगंजमा अध्ययनरत बिध्यार्थीहरुको संस्था हो। संस्थाले देशका बिभिन्न स्थानमा यसैगरी शिविर गरेको डा मदन केसीले जनकारी दिए।
शिविरमा सहभागी कांग्रेस निकट स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य मिनराज पन्थीले राजमार्गको नजिक भएर पनी यति धेरै बिरामीहरु स्वास्थ्य परिक्षणमा आएको देख्दा आफुलाई अचम्म लागेको बताए। शिविरमा २ सय भन्दा बढी स्थानियले स्वास्थ्य परिक्षण गराएको बिध्यालय ब्यवस्थापन समितीका अध्यक्ष मोहन पण्डितले जानकारी गराए।
शिविरमा कांग्रेस क्षेत्रिय सचिव अर्जुन न्यौपाने, कांग्रेस गजुरी गाउॅपालिका संयोजक भुमी कॅडेल, नेविसंघ धादिङका नेता बिकाश अधिकारी लगायतको उपश्थिती रहेको थियो।