असार २१, काठमाडौँ । ओली सरकारमा पीएचडीदेखि माध्यमिक तहसम्म अध्ययन गरेका नेता सहभागी छन्।
कुल २४ सदस्यीय क्याबिनेटमा दुईले पिएचडी, ६ ले स्नातकोत्तर, ९ ले स्नातक, ४ ले प्रमाणपत्र तह र तीन जनाले एसएलसीसम्म अध्ययन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कृषिमन्त्री चक्रपाणी खनालले माध्यमिक तहसम्मको अध्ययन गरेका छन्।
एसएलसी मात्रै उत्तीर्ण गरेका ओलीलाई भारत उत्तराखण्ड राज्यस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयसहितका विश्वविद्यालयले पीचएडीकै मानार्थ उपाधि दिएका छन्।
प्रमाणपत्र तह मात्र अध्ययन गर्ने क्याविनेटमन्त्रीमा आपुर्तीमन्त्री मातृका यादव, महिला बालबालिकामन्त्री थममाया थापा मगर, पर्यटनमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री रामकुमारी चौधरी छन्।
ओली सरकारको मन्त्रीमण्डलमा सबैभन्दा बढी स्नतक गरेका नेता छन्।
वनमन्त्री शक्ति बस्नेत अहिले मन्त्रालयको व्यस्त दैनिकीसँगै यतिबेला स्नातकोत्तर तहको परीक्षाको तयारी गरिरहेका छन्।
स्नातक नर्गे अन्यमन्त्रीमा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री वर्षमान पुन अनन्त, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खानेपानीमन्त्री बिना मगर र सहकारीमन्त्री पद्माकुमारी अर्याल छन्।
६ जना मन्त्रीले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्।
स्वास्थ्यमन्त्री मातृका यादव, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, श्रममन्त्री गोकर्ण विष्ट, कानुनमन्त्री भानुभक्त ढकाल, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र खेलकुदमन्त्री जगतबहादुर सुनारले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्।
अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले पीएचडीसम्मको अध्ययन गरेका छन्।
सत्तारुढ नेकपामा झण्डै २० प्रतिशत एसएलसीवाला छन्।
पार्टीका दुबै अध्यक्ष र वरिष्ठ नेताहरु रहेको सचिवालयमा सबैभन्दा बढी अध्ययन गर्ने नेतामा नारायणकाजी श्रेष्ठ प्रकाश छन्।
उनले जनप्रशासनमा एमए गरेका छन्। अरु नेता सबै स्नातक तहसम्मका छन्।