असार २५,भोजपुर । जिल्ला सदरमुकाममा एक प्रहरी र विप्लव समूहका कार्यकर्ताको भिडन्तमा मृत्यु भएको छ ।
यो घटनाको भोजपुर सदरमुकामको हटिया लाइनमा भएको हो । गोली लागेर खोटाङ घर भई भोजपुरमा कार्यरत प्रहरी सञ्जिव राईको ज्यान गएको हो । राईको ज्यान गएपछि जवाफी कार्वाहीका क्रममा गोली चलाउने चन्द समूहका नीर कुमार राईको पनि ज्यान गएको हो ।
गोली किन र कसरी चल्यो भन्ने अनुसन्धान भइरहेको छ । अहिले भोजपुरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।