प्राविधिक शिक्षा नै विकास र सम्बृद्धीको पहिलो आधार : नेता पराजुली

Post Thumbnail

साउन ३०,सुनसरी । अनेरास्ववियुका नेता सुदेश पराजुलीले प्राविधिक शिक्षा नै विकास र सम्बृद्धीको पहिलो आधार आधार भएको बताएका छन । पुर्वान्चल इन्जिनियरिङ क्याम्पस कमिटीद्वारा आयोजित सम्मान तथा विदाई कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय सचिव समेत रहेका नेता पराजुलीले आजका विद्यार्थी भोली देशका लागी आवश्यक पर्ने नेतृत्व समेत रहेको उनले बताए ।

उनले आफु भन्दा ठुलालाई आदर र सम्मान , आफु भन्दा सानालाई माया र स्नेह गर्न सके समाजमा द्धन्द कम हुँदै जाने बताए । अर्को प्रशंगमा नेता पराजुलीले भर्खरै मात्रै नेकपाको विद्यार्थी संगठनले अध्यक्ष र सह–अध्यक्ष पाएको भन्दै बाँकी एकताको सम्पुर्ण काम चाँडै सकिनेमा विश्वस्त रहन आग्रह गरे । उनले नेकपाको सरकारले सोचे अनुरुपको काम गर्न नसकेपनि विस्तारै लयमा भने हिँडन प्रयास गरिरहेको बताए ।

नेता पराजुलीले सरकारले राम्रो काम गर्दा सरकारको सधै समर्थनमा ताली पिटिने र नराम्रो गर्दा सधै आलोचना तथा खबरदारी गर्ने भुमिकामा अनेरास्ववियु रहने प्रष्ट पारे ।

ताजा अपडेट

खोजी गर्नुहोस