जनप्रतिनिधिको सुविधा बढाउने विधयेकप्रति युवानेता पहारीको असन्तुष्टि

Post Thumbnail

भाद्र ७,पोखरा । गण्डकी प्रदेशका सांसद राजीव पहारीले जनप्रतिनिधिको सेवा सुविधा बृद्धि गर्नु गलत भएको बताएका छन् । शनिवार पोखरामा ढिकुर पोखरी समाजको १२ औं साधारण सभाको कार्यक्रममा बोल्दै पहारीले प्रदेश सरकारले जनप्रतिनिधिको सेवा सुविधा बृद्धी गरेको प्रति रोशप्रकट गर्दै सो कुरा बताएका हुन् ।

जनप्रतिनिधि सुविधामुखी भएको भन्दै आलोचना भइरहेका बेला प्रदेश सांसद पहारीले पनि जनप्रतिनिधिले सेवा सुविधा बढाउने गरि पारित भएको विधयेकप्रति असन्तुष्टि जनाएका हुन् । ‘जनताको जीवनस्तर माथी उठ्न नसकेको अवस्था जनप्रतिनिधिहरुले आफ्नै सेवासुविधा बृद्धी गर्नु गलत हो’उनले भने । ‘जनतालाई सन्तुष्ट तुल्याएर सेवासुविधा बढाउनु पर्छ ।’

सांसद पहारीले आपूmले पाएको तलब सुविधा विद्यालयमा शुद्ध खानेपानी उपलब्ध गराउने उदेस्यल वाटर प्युरिफायरमा सहयोग गरेको बताए । सांसद पहारीले आजै आयोजित कार्यक्रममा पनि ‘ढिकुरपोखरी समाज’को अक्षयकोष स्थापना गर्नका लागि आपूmले पारिश्रमिक बापत पाउने तलब मध्येबाट एक महिनाको ४५ हजार सहयोग गर्ने घोषणा गरे ।

सासंद पहारीले देशको नेतृत्व गरेका मुलुककै ठुलोपार्टीका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड को जन्म ठाउँ ढिकुरपोखरी लगायत कास्कीका जनताले प्रचण्ड प्रति गर्ब गर्नु पर्ने बताए ।

उनले ढिकुरपोखरी र फेवातालको विकासका लागि प्रचण्डलाई भेटेर पहल गरिदिन आग्रह गर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस