भाद्र ११, रौतहट । स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जनताले आफ्ना काम अब सजिलै बन्छन् भनेर आश गरे।
तर, जोसँग आशा गरिएको थियो, उनीहरु नै आपसी मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहा रह्यो र?
यस्तै अबस्था छ, रौतहटका स्थानीय तहमा।
यहाँका धेरैजसो स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच मनमुटाव छ।
राजदेवी , कटहरिया, गुजरा, मौलापुर, गरुडा, फतुवा वियपुर, इशनाथ र देवाही गोनाही नगरपालिकाका साथै यमुनामाई गाउँपालिकाका प्रमुखउपप्रमुखबीच बोलचालै छैन।
प्रमुख उपप्रमुखबीच बोलचालै नहुँदा कामकारबाही अघि बढेका छैनन्।