नेपाली कांग्रेसका सांसद चौधरीमाथि नेविसंघका कार्यकर्ताद्वारा हातपात

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ आश्विन ७, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज ७, काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान समापन कार्यक्रममा कांग्रेसकै नेतामाथि नेपाल विद्यार्थी संघका कार्यकर्ताले हातपात गरेका छन् ।

पार्टीका जिल्ला सभापति दिनेशकुमार यादवको अध्यक्षमा आयोजना भएको राष्ट्रिय जागरण अभियान समापन कार्यक्रममा आशन ग्रहणको बेला नेविसंघले सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद तेजुलाल चौधरीमाथि नेविसंघका कार्यकर्ताले हातपात गरेका हुन् ।

हातपातपछि कार्यक्रम बहिष्कार गर्दै चौधरीले राजविराज नगरपालिकाको नेताचोकमा कोषसभा गरिरहेका छन् । कांग्रेस जागरण अभियानमा कांग्रेसकै भातृ संगठन नेविसंघले आफूमाथि हातताप गर्नु गलत भएको बताउँदै सांसद चौधरीले कार्यक्रम बहिष्कार गरेको सप्तरीका स्थानीय ओम प्रकाश साहले जानकारी दिए ।

गत भदौ २५ गतेदेखि प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण आज (मंगलबार) मुलुकभर विभिन्न कार्यक्रम गरी समापन गरिँदै छ । समापनका अवसरमा ७७ जिल्ला सदरमुकाममा कांग्रेस जिल्ला सभापतिको नेतृत्वमा विरोध ¥यालीसहित सभा भइरहेको पार्टी कार्यालयले जनाएको छ ।

विरोध प्रदर्शन मूलत बढ्दो महँगी, भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरणलगायत), महिला हिंसा, बलात्कार र हत्या, संविधानको भावना प्रतिकूल भनिएका विधेयकविरुद्धका मुद्दामा केन्द्रित रहने पार्टी कार्यालयले जानकारी दिएको छ ।

समापनका कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले समेत विभिन्न जिल्लाका सभालाई सम्बोधन गर्नेछन् । जागरण अभियानको समापनका अवसरमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले रोल्पा, उपसभापति विमलेन्द्र निधिले कैलाली, अर्का उपसभापति विजयकुमार गच्छदारले भक्तपुर, महामन्त्री डा शंशाक कोइरालाले खोटाङ, सहमहामन्त्री डा प्रकाशशरण महतले अछाम, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, नेता गोपालमान श्रेष्ठले काठमाडौं, नेता कृष्णप्रसाद सिटौलाले सुनसरीमा सम्बोधन गर्नेछन् ।

यसैगरी पार्टी सभापति शेरबहादुर देउवाले कैलालीको धनगढीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस