गृहजिल्लामा व्यस्त प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७६ आश्विन २०, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज २०, झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली सोमवार गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका छन् ।

सोमवार बिहान झापा आएका प्रधानमन्त्री ओलीले दशैँ, तिहार, छठको उपलक्ष्यमा दमकमा सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन भद्रपुर विमानस्थल आइपुग्दा पार्टी नेता तथा सरकारी अधिकारीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले बर्सेनी दशैँ, तिहार र छठ पर्वका अवसरमा विगत २५ वर्षदेखि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

कार्यक्रममा प्रदेश नं १ सरकारका उच्चपदाधिकारी र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी छन्। प्रधानमन्त्री ओली सोमवारै काठमाडौँ फर्कने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस