असोज ३०, दाङ । दाङबाट प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना केन्द्रीय तहका नेतालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठोरको कमान्डमा खटिएको प्रहरी टोलीले ६ जना केन्द्रीय सदस्यसहित २१ जना केन्द्र तहका नेतालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विप्लवका दाइ चन्द्रबहादुर चन्दसहित रहेको जनाइएको छ । उनले पश्चिम नेपालको कमाण्ड सम्हाल्दै आएका थिए ।
यसैगरी राप्ति व्युरो प्रमुख चेतबहादुर वाठा पनि पक्राउ परेको उच्च स्रोतले जनाएको छ । उनीहरुलाई राजपुर गाउँपालिका–४ मुग्रेठा खोलाबाट पक्राउ गरेको जनाइएको छ ।