‘भक्तपुरमा घाम लागिसक्यो, सूर्यलाई हत्केला जस्ता पार्टीले छेक्न सक्दैन’ : सांसद बस्नेत

Post Thumbnail

कार्तिक २१,भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचनमा नेकपाको चुनाव चिन्ह सूर्यमय भई अघि बढेको बताउँदै घाम लागेको सूर्यलाई अन्य कुनै हत्केला जस्ता पार्टीले छेक्न नसक्ने ठोकुवा गरेका छन ।

भक्तपुर क्षेत्र नं. १ (क)मा नेकपाका तर्फबाट उम्मेदवार बनेका देवी प्रसाद ढकाल (डिपी)को निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्ने क्रममा भएको र्यालीलाई सम्बोधन गर्दै सांसद बस्नेतले स्व. हरिशरण लामिछानेको सपना साकार पार्ने उम्मेदवार ढकालले उल्लेख गरे । प्रतिस्पर्धी ढकालको छेउमा निकै हलुको रहेको बताउँदै उनले भक्तपुरको सम्बृद्धी र सहयात्रीको रुपमा ढकाललाई पार्टीले उम्मेदवारी बनाएको स्पष्ट पारे ।

ढकालले विश्व अर्थतन्त्र तथा नेपालको अर्थतन्त्रको वारेमा स्वलम्बन अर्थतन्त्र विकासको निम्ती अर्थशास्त्रिय विस्लेषण सहितको पुस्तक समेत ढकालले लेखिसकेको जानकारी गराउँदै उनले ढकाल भक्तपुरको लागि नेकपाको उम्मेदवार मात्र नभई बौद्धिक व्यक्ति भएको समेत उल्लेख गरे ।

विरोध गर्ने हैन विकास गर्ने जनप्रतिनिधि आवश्यक रहेको उल्लेख गर्दै सांसद बस्नेतले पछिल्लो सिटमा वसेर विरोध गर्ने पार्टीलाई जनताले विजयी नगराउनेमा ढुक्क रहेको विचार व्यक्त गर्नुभयो । उनले भने, ‘नेकपा विकास र समृद्धिको सहयात्री हो । अरुले वीस वर्षमा गरेको विकास नेकपाको नेतृत्वले दुई वर्षमा गरेको छ । यो बोलेको मात्र हैन जनताले भक्तपुरमा प्रत्यक्ष रुपमा देख्नुभएको छ, भोग्नुभएको छ ।’

पछिल्लो समय केही मिडियाहरुमा भक्तपुरमा नेकपाको तिव्र विवाद भन्ने समाचार प्रकाशन गरी जनतामा भ्रम झर्ने प्रयास भइरहेको बताउँदै उक्त भ्रमलाई चिर्ने आजको र्यालीले नै अन्त्य गरिदिएको स्पष्ट पारे । झुटको खेती लामो समयसम्म नटिक्ने उल्लेख गर्दै नेकपा कार्यालय भक्तपुरमा लागेको ताला अनावश्यक रुपमा मिडियावाजी गरी भ्रम मात्र फैलाईएको बताए ।

विभिन्न पार्टीले भ्रमको खेती गर्ने भएकाले त्यसको वारेमा सचेत भई व्यापक मात्रामा भ्रमको विरुद्धमा जनचेतना अभिवृद्धि भई अघि बढ्नुपर्ने बताउँदै उनले नेकपा सवैभन्दा व्यवस्थित र संगठित पार्टी भएको स्पष्ट पारे ।

ताजा अपडेट

खोजी गर्नुहोस