स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ मंसिर १, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १, रोल्पा । रोल्पा थवाङ गाउँपालिका–१ को रिक्त वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका भद्रकुमार झाँक्रीले उम्मेदवारी फिर्ता लिएका छन् ।

झाँक्रीले शनिबार उक्त पदमा दिएको उम्मेदवारी फिर्ता लिएका हुन् । झाँक्रीको उम्मेदवारी फिर्तासँगै अब सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त पदमा नेकपाको तर्फबाट जनक बुढामगर र काङ्ग्रेसको तर्फबाट कलम रोकाले उम्मेदवारी दिएका छन् ।

गएको स्थानीय तह निर्वाचनमा झाँक्रीले सोही वडाबाट स्वतन्त्र उम्मेदवार बनी सदस्य पदमा निर्वाचित भएका थिए । झाँक्रीले सोमबार सो पदबाट राजीनामा दिइ अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

गाउँपालिका अध्यक्षलाई दिएको राजीनामा स्वीकृत गराई अध्यक्ष पदमा उम्मेदवार बनेका झाँक्रीले शनिबार एकाएक उम्मेदवारी फिर्ता लिएपछि विभिन्न कोणबाट चर्चा–परिचर्चा सुनिन थालेको छ ।

सहमतिको अन्तिम प्रयास असफल भएपछि उम्मेदवारी फिर्ता लिएको हुँ झाँक्रीले भने । एकता थवाङको पहिचान भएकाले सोही पहिचान कायम गर्न सहमतिको प्रयास गरियो तर सफल नभएपछि चुनाव नलड्ने निर्णयमा पुगेँ झाँक्रीले भने । रासस

ताजा अपडेट

खोजी गर्नुहोस