धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ मंसिर ४, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर ४, दाङ । प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ ।

मङ्गलबार मात्रै दाङको बबई गाउँपालिका वडा नं २ ट्वाङखोला बस्ने ४८ वर्षीय रणबहादुर वलीलाई पक्राउ गरेको छ ।

सोही ठाउँमा हिँड्डुल गरिरहेको अवस्थामा मङ्गलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए ।

वली विप्लव समूहका जिल्ला कमिटी सदस्यसमेत रहेका छन् । प्रहरीले चार दिनको अवधिमा सो समूहका चार नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।

यही मङ्सिर १४ गते क्षेत्र नं ३ को (ख) मा उपनिर्वाचन हुँदैछ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस