मंसिर १४, काठमाडौं । कंचनपुरको पुनर्वास नगरपालिका-३ मा नेकपाका उम्मेदवार विजयी भएका छन्।
नेकपाका उम्मेदवार कृष्ण बहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन्। निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका दीपबहादुर तामाङले ३ सय १० मत प्राप्त गरेका छन्।
यस्तै समाजवादी पार्टी नेपालका भीम तामाङले ७५ मत प्राप्त गरेका छन्। कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो। जसमा ४ मत बदर भएको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिका-३ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७७.०६४ प्रतिशत मतदान भएको थियो। मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार कुल मत एक हजार एक सय ९९ मध्ये नौसय २४ मत खसेको हो।
जसमध्ये ‘क’ मतदान केन्द्रमा चार सय ७४ जना र ‘ख’ मतदान केन्द्रमा चार सय ५० मत खसेका थियो। अधिकृत बास्तोलाका अनुसार मतदानमा पुरुष मतदाता तीनसय ९० र महिला मतदाता पाँचसय ३४ जनाले मतदान गरेका छन्।
बिहान ७ बजेर २७ मिनेट जाँदा शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो।
विसं २०७४ सालको असारमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सो वडामा निर्वाचित वडाध्यक्ष फैरू तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त वडाको अध्यक्ष पद रिक्त रहेको थियो।