मंसिर १५, चितवन । चितवनको दुई स्थानीय तहका तीन वडामा भएको उपनिर्वाचनमा सबै वडामा नेपाली कांग्रेसले बाजी मारेको छ । भरतपुर महानगरपालिका –१६, खैरहनी नगरपालिका–४ र ५ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
भरतपुर–१६ मा कांग्रेसका उम्मेदवार अमृत हमाल ३ हजार १८३ मत ल्याउँदै विजयी भएका छन् । अमृतले निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार भक्तराज हमाललाई ३०८ मतान्तरले पराजित गरेका हुन् । भक्तराजले २ हजार ८७५ मत ल्याएका छन् ।
त्यस्तै, खैरहनी-५ को वडाअध्यक्षमा प्रतिमा कार्की बस्नेत विजयी भएकी छिन् । कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् ।कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।
त्यस्तै खैरहनी-४ मा देवबहादुर बस्नेत विजयी भएका छन् ।
खैरुहनी ४ मा कांग्रेस बस्नेतले नेकपा बेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले ११३८ र अधिकारीले ९८६ मत प्राप्त गरेका थिए ।