मंसिर १५, दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएको छ ।
नेपाली कांग्रेसका तारा डिसी १ हजार २ सय १८ मत ल्याउँदै विजयी भएका छन् । उनले नेकपाका सुरेशबहादुर केसीलाई १ सय १ मतले पराजित गरे ।नेकपाका केसीले १ हजार १ सय १७ मत पाए ।
नेकपाका बागी उम्मेदवार जगलाल चौधरीले ७ सय २० मत पाए । अन्य उम्मेदवारहरु समाजवादीकी विमला पुनले ३१, राप्रपाका प्रकाश केसीले १९, नेशनल मंगोलका पहलमान आलेले ३० र स्वतन्त्र उम्मेदवार समीर वलीले २३ मत पाए ।
यस स्थानमा ३ हजार २ सय २६ मत खसेकोमा ६८ मत बदर भएको थियो । यसअघिको निर्वाचनमा तत्कालीन एमालेका लक्षिनप्रसाद बुढा विजयी भएका थिए ।