मोरङको धनपालथान गाउँपालिकामा कांग्रेस विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर १५, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर १५, मोरङ । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ को अध्यक्षको लागि भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार नारायण प्रसाद शाह विजयी भएका छन् ।

कांग्रेसका शाहले नेकपाका पंकज मण्डललाई २०४ मतअन्तरले पराजित गरेका हुन् । शाहले १७०१ मत पाएका छन् भने नेकपाका मण्डलले १४९७ मत पाए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट ज्योति पासवानलाई २४, नेपाल लोकतान्त्रीक पार्टीका देवनारायण मण्डललाई ८, मंगोल नेशनल अर्गनाईजेशनबाट मेघनाथ पासवानलाई ७, जनमत पार्टीबाट चनरादेवी मण्डललाई ९ र बदरमत ३८ रहेको छ ।

शनिवार सम्पन्न उपनिर्वाचनमा कुल ४०७४ मतमा ३२८४ मत खसेकाे थियाे । यसअघि उक्त क्षेत्रमा नेकपाले जितेको थियो

ताजा अपडेट

खोजी गर्नुहोस