धरानमा नेकपा र कांग्रेसको कडा प्रतिस्पर्धा

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७६ मंसिर १५, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर १५, धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनमा नेकपा र कांग्रेस उम्मेदवारको कडा प्रतिस्पर्धा रहेको छ ।

नेकपा उम्मेदवार प्रकाश राई र कांग्रेस उम्मेदवार तिलक राईबीच १७ मतको झिनो अन्तर रहेको छ । नेकपाका राईले २३०९ मत हासिल गरेका छन् भने कांग्रेसका राईले २२९२ मत पाएका छन् ।

अहिलेसम्म धरान उपमहानगरपालिकाको १७ वडा मध्ये वडा नं १८, १९ र २० गरी तीन वडाको मतगणना सकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस