मंसिर १५, पाँचथर । पाँचथरको तीनवडामा भएको उपनिर्वाचन मध्ये नेकपा र नेपाली काग्रेसले एक एक वडामा विजयी हासिल गरेका छन् । एक वडामा भने मतगणना जारी छ ।
फिदिम नगरपालिका वडा नम्बर १ मा नेकपाको तर्फबाट उम्मेद्धवार गजाधार भट्टराई १ हजार ४ सय ४६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्दी नेपाली कांग्रेसका उम्मेद्धवार शुभराज थापाले ९ सय ७२ मत प्राप्त गरे ।
३ हजार ६ सय ७६ मत रहेको फिदिम नगरपालिका वडा नम्बर १ मा २ हजार ५ सय ८३ मत खसेको थियो ।
यस्तै, पाँचथरकै हिलिहाङ गाउँपालिका वडा नम्बर ७ को वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसको उम्मेद्धवार तिलविक्रम इधिंगो निर्वाचित भएका छन् । उनले नेकपाका गेहनाथ रिजाललाई ३० मतले पराजित गरेका हुन् ।
कांग्रेसका इधिंगोले ८ सय ४२ मत प्राप्त गर्दा रिजालले ८ सय १२ मत प्राप्त गरे । २ हजार ६ सय मतदाता रहेको उक्त वडामा १ हजार ६ सय ९३ मत खसेको थियो ।
यस्तै फाल्गुनन्द गाउँपालिकाको प्रमुख पदमा भएको निर्वाचनको मतगणना भने जारी रहेका जनाइएको छ ।