मंसिर १५, कास्की । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले भारी मतान्तरका साथ अग्रता कायम गरेकी छन् ।
जारी मतगणनामा उनले ११ हजार ७ सय ३० मत प्राप्त गरेकी छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसको उम्मेदवार खेमराज पौडेलले ५ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् ।