मंसिर १५, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिमा शनिबार भएको उपचुनावको मतगणना अन्तिम नतिजा सार्वजनिक भएको छ ।
नतिजाअनुसार नेकपाकी रुपा शाहीले नेपाली कांग्रेसकी निकटतम प्रतिद्वन्द्वीभन्दन ६९ मत बढी ल्याएर विजय प्राप्त गरेकि छन् । शाहीले १४ सय ५४ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी तारा कुमारी शाहीले १३ सय ८५ मत प्राप्त गरेकि थिइन् ।
यसैगरी राप्रपा संयुक्तका दिपबहादुर शाहीले १० मत ल्याएका थिए भने खसेकामध्ये २० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसको गढ मानिएकाे खार्पुनाथमा कर्णाली प्रदेश विपक्षी दलका नेता जीवन बहादुर शाहीको गृह गाउँपालिका हो । २०७४ को स्थानीय निर्वाचनमा रुपा शाही ५९ मतले पराजित भएकि थिइन् । गएकाे असार ३ गते उपाध्यक्ष सिन्धु हमालको जीप दुर्घटनामा मृत्यु भएपछि त्याे ठाउँ रहेकाे थियाे।