यी ४ कारण, जसले भक्तपुर प्रदेशसभामा नेकपालाई हरायाे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर १५, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौं । प्रदेशसभा अन्तर्गत भक्तपुर १ ‘क’ निर्वाचन क्षेत्रमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विपक्षी दल विपक्षी दल नेपाल कांग्रेसले खोसेको छ।

कांग्रेसका उम्मेवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मतका साथ विजयी भएका छन् भने नेकपाका डीपी ढकालले ११ हजार २ सय ६ मत प्राप्त गरे। जुन दुई वर्षअघि तत्काली एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार हरिशरण लामिछानेले प्राप्त गरेको मतभन्दा कम हो।

त्यसैगरी नेपाल मजदुर किसान पार्टी नेमकिपाको उम्मेदवार निरज लवजूले ५ हजार मत प्राप्त गरे।

नेकपाले यसअघि जितेको क्षेत्रमा राम्रै मतान्तरसहित पराजित भएपछि अहिले पार्टीभित्र हारको कारणबारे छलफल सुरु भएको छ। यस्ता छन् नेपाल खबरमा प्रकाशित ढकालको हारका चार प्रमुख कारणः

पार्टीभित्रका असन्तुष्टि
तत्कालीन एमाले र माओवादीबीच भागवण्डा हुँदा २०७४ को प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (क) माओवादीको भागमा परेको थियो। माओवादीले ढकाललाई उम्मेदवार बनाए पनि एमाले स्थानीय तहले उनलाई अस्वीकार गरेपछि सो क्षेत्र एमालेकै भागमा पारेर तत्कालीन जिल्ला कमिटीका उपाध्यक्ष हरिशरण लामिछानेलाई उम्मेदवार बनायो। अनौपचारिक रुपमा फिर्ता भए पनि औपचारिक रुपमा ढकालको उम्मेदवारी कायमै थियो। सो निर्वाचनमा ढकालको पक्षमा सात सयभन्दा बढी मत परेको थियो। ढकालको उम्मेदवार रहे पनि एमालेका लामिछानेले चुनाव जिते।

अहिले पनि भक्तपुर प्रदेशसभामा ढकालको उम्मेदवारी घोषणा भएकै समयमा त्यसको विरोध भएको थियो। त्यको मुख्य कारण भने पहिलो चुनावका असन्तुष्टि नै थियो। पार्टीले फेरि ढकाललाई नै उम्मेवार बनायो। त्यसको विरोधमा पूर्व एमालेहरुले भक्तपुरका जिल्ला कार्यालयमा एक दिन तालाबन्दी गरे। भक्तपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुको प्रतिनिधिमण्डल आएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सचिवालय सदस्य बामदेव गौतम र महासचिव विष्णु पौडेललाई भेटेर उम्मेवारी परिवर्तन गर्नुपर्ने माग ग¥यो। तर, पार्टी शीर्ष नेतृत्वबाट ढकाल नै अधिकारीक उम्मेदवार भएको र उनलाई नै सधाउन निर्देशन दिएपछि असन्तुष्टिकाबीच एमालेको एक समूह उनको चुनाव प्रचारमा खटिएको थियो।

‘ढकालजीको केन्द्रमा राम्रो पहुँच होला तर जनस्तरमा त्यति घुलमिल भैसक्नुभएको छैन। यो निर्वाचन क्षेत्र भनेका पार्टीप्रति प्रतिबद्ध भएका कारणले मात्रै जित्ने स्थान होइन’, भक्तपुर जिल्ला कमिटीका एक सदस्यले नेपालखबरसँग भने, ‘अन्य २ हजार जति तटस्थ मत पनि रहेको छ। ढकालजीले त्यो तन्न सक्नु भएन।’

नेकपाको युवा संगठन राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेकपाभित्र आफूलाई पहिलो र अरुलाई दोस्रो दर्जाको ठान्न प्रवृत्ति रहेको र त्यसका कारण चुनावमा समस्या भएको बताए। ‘नेकपाभित्र एउटा प्रवृत्ति छ, आफूलाई पहिलो दर्जाको र अर्कोलाई दोस्रो दर्जाको ठान्ने ! चुनावको परिणाममा यो प्रवृत्तिले पनि काम गरेको छ, दीपशीलाले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

ठप्प संगठन
नेकपा एमाले र माओवादीबीच एकीकरण भएको लामो समय भइसक्दा पनि पार्टीका सबै तहका संगठनहरुले पूर्ण आकार लिन सकेका छैनन्। जसको कारण पार्टी र अन्य जनवर्गीय संगठनका गतिविधि ठप्प रहेका छन्। ‘पार्टीको गतिविधिहरु ठप्प भएको दुई वर्ष हुन लाग्यो’, चाँगुनारायण नगरपालिकामा मेयर तथा केन्द्रीय सदस्य सोम मिश्रले भने, ‘त्यस्तो अवस्थामा कसरी चुनाव जित्न सकिन्छ।’

कांग्रेसलाई अन्य दलका साथ
नेकपा पराजित हुनुपछिको अर्को कारण कांग्रेसका उम्मेदवारले पाएका साथ पनि हो। उपनिर्वाचनमा राप्रपा संयुक्तले कांग्रेसलाई सघाउने औपचारिक घोषणा नै गरेको थियो। राप्रपा संयुक्तका नेता रवीन्द्रप्रताप शाहको प्रभाव क्षेत्र रहेको नगरकोटबाट कांग्रेसका पक्षमा राम्रो मत प¥यो।

अघिल्लो चुनावमा २ सय मत पनि नल्याएको नगरकोट क्षेत्रबाट यसपटक नौ सयभन्दा बढी मत ल्याउन सफल भयो। सो क्षेत्रमा गत चुनावमा राप्रपाले ४ हजार ५ सयभन्दा बढी मत ल्याएको थियो। त्यसैगरी नेमकिपाको घटेको मत पनि नेकपालाई नभएर कांग्रेसका उम्मेदवारलाई गएको देखिन्छ। अघिल्लो चुनावमा साढे सात हजार मत ल्याएको नेमकिपाको यसपटक ५ हजार मात्रै मत आएको छ।

नगरकोटको बाटो
उपनिर्वाचनको ठीकअघि भक्तपुर क्षेत्र नम्बर १ (क)मा पर्ने भत्केपाटी–नगरकोटको निर्माणाधीन सडकको विषयमा पनि उठ्यो।

भारतीय एक्जिम बैंकका ऋणमा बन्न लागेको सो सडकका दुई ठेकेदारमध्य एक नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी रहेका छन्। २०७० मा ठेक्का लागेको लगाएको १७ किलोमिटर लामो सडक सात वर्ष पनि निर्माण पुरा हुृन सकेको छैन। स्थानीयहरुले ठेकेदार अधिकारीको फोटो पोल–पोलका साथै बस र अन्य सार्वजनिक सवारी साधमा टाँसेर समयमा सडक नबनेको विरोध जनाएका थिए। त्यसले नेकपालाई चुनाव प्रचार अभियानमा बाधा पु¥याएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस