दाङमा नेकपाकी बिमला ओली विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर १६, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर १६, दाङ । दाङमा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार बिमला ओली विजयी भएकी छन् ।

गएराति सम्पन्न मतगणनाअनुसार नेकपा उम्मेदवार बिमला कुमारी घर्तीले २४ हजार २८६ मतसहित जित हासिल गरेकी हुन् । उनका निकटम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका केशव राज शर्माले १९ हजार १८२ मत प्राप्त गरे ।

यसैगरी साझा पार्टीका शिवकुमार चौधरीले २६६ मत ल्याउँदा राप्रपाका भुपाल रावतले २२५ मत ल्याए ।

विमला प्रदेशसभाका दिवंगत सांसद उत्तर कुमार खत्रीका श्रीमती हुन् । अघिल्लो निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित उत्तरकुमारको सडक दुर्घटनामा निधन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस