पौष ५, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमन गर्नु भएको छ । शुक्रबार साँझ आकस्मिक रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर अनुगमन गर्नुभएको हो ।
नेपाल भ्रमण वर्ष–२०२० नजिकिरहेको बेला विमानस्थलको अवस्था, तयारी र भइरहेको कामको अनुगमनका लागि विमानस्थल मन्त्री भट्टराईले विमानस्थल पुग्नु भएको थियो । विमानस्थलमा अध्यागमनले परिवर्तन गरेको संरचनाको समेत मन्त्री भट्टराईले अवलोकन गरेका गर्नुभयो । अध्यागमनको परिवर्तित संरचनाको बारेमा अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी गराउनु भएको थियो ।
नेपाल भ्रमण वर्ष–२०२० नजिकिँदै गर्दा मन्त्री भट्टराईले विमानस्थल लगायत पर्यटनसँग सम्बद्ध निकाय र स्थानहरुको अनुगमनलाई तिव्र बनाउनु भएको छ । पर्यटनमन्त्रीका साथ मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत पदाधिकारी पनि विमानस्थल जानु भएको थियो ।